तपाईले दात माझ्ने पेष्ट (मञ्जन) कत्तिको गुणस्तरिय छ ? एक पटक अध्ययन गर्नुहोस् । बजारमा विक्रिका लागि राखिएका ब्राण्डेड भनिएका केही मञ्जन गुणस्तरहिन मात्र हैन कुनैमा किरा समेत भेटिन थालेको छ ।
केही दिन अगाडी इनरुवाकी सरिता कार्कीले किनेको कोलगेट मञ्जनमा किरा भेटिएको बताएकी छन् । सतप्रतिशत सुद्ध भनिएको पेस्टमा किरा भेटिएपनि मानब स्वास्थ्य सँग प्रतक्ष्य सरोकार राख्ने यस्ता सामाग्रिको प्रयोगमा ध्यान पुर्याउनु पर्ने भएको छ ।
कार्की भन्छीन्, ‘मैले पसलबाट किनेर ल्याँए र प्रयोग गर्न लाग्दा किरा भेटियो ।’
भारतीय कम्पनीको नयाँ प्याकको कोलगेटमा किरा भेटिएको हो । यस्तो हदै सम्मको खेलवाड गर्ने कम्पनीलाई प्रसाशनले छानविन गरेर यस सम्बन्धित पक्षलाई कडा कारबाही गर्नु पर्नेमा उनको जोड छ ।