२२ असोज २०७५, काठमाडौं
नेपालमा विभिन्न किसिमका जातजाति, धर्म, पेशा, संस्कृति तथा समुदाय अगालेका मानिसहरु बसोबास गर्दछन् । त्यसैले नेपालका राजा पृथ्वी नारायन शाहले त नेपाललाई ४ जात ३६ वर्णका साझा फुलबारी हो भनेर पनि भनेका छन् । कुरा के भने २१ औं शताब्दीमा विज्ञानले यत्तिका फड्को मारिसक्दा पनि आ–आफ्नो धर्म, संस्कृति तथा जातजातिको एक अंश चाहीँ सभ्यतामा राख्नपर्छ भन्ने मानिसहरु पनि धेरै पाइन्छन् । त्यस्तै नेपाललमा विभिन्न जातीहरुको साझा बसोबास रहेको छ । बाहुन, क्षेत्री, मगर, गुरुङ, लिम्बु, माझी, राई तथा अन्य यस्तै थुप्रै जातजातिहरु–
यी सबैको आफ्नै किसिमको भाषा, धर्म तथा संस्कृतिहरु पाईन्छन् । जसमा राई पनि एक प्रमुख जाती मानिन्छन् । त्यसमा पनि राईहरुभित्र धेरै राईहरु पाईन्छन् । जसमा थुलुङ, कुकुङ, नाछिरिङ, बाहिङ, खालिङ, जेरो राई, सुनुवार तथा आदी ईत्यादी, बुढा पुर्खाहरुको नासो, उनीहरुको चलन, रीति रिवाज, संस्कार, तथा रितीहरुलाई छोड्दै जानु भनेको आफ्नो अस्थित्वबाट गुम्दै, हराउँदै जानु हो । त्यसैले कुनै पनि जातीको प्राचीनदेखी चलिआएको चलन तथा रीति रिवाज
विर्सनु भनेको अस्थित्व लाई विर्सनु हो ।
नेपालमा बाचिरहेका छन् त्यस्ता हस्ती अनुयायी, जसले पुर्खाहरुको नाम, काम र उनीहरुको सिको गर्नमा माहिर छन् । नेपालमा रहेका धेरै जातीहरुमध्ये राई पनि एक जाती हो । राईभित्रमा पनि एक छुट्टै अस्थित्व भएको उपजाती हो थुलुङ’, जसका आफ्नै भाषा, संस्कृति, चलनचल्ती, रीति रिवाज तथा संस्कार–संस्कृति छन् ।
अस्थित्वमा रहेको यो एक जाती नेपालका विभिन्न ठाँउहरुमा बसोबास गरि रहँदै आएका छन् । जसमा उनीहरु सोलुखुम्बु, खोटाङ, उदयपुर, भोजपुर तथा अन्य थुप्रै जिल्लाहरुमा थुलुङहरुको पाईन्छन् । भाषा, संस्कृति , चालचलन, रीति रिवाज तथा संस्कार संस्कृतिहरुलाई लोप हुन नदिन थुलुङहरुले चालेका पाईला एकदमै सर्हानिय रहेको पाईन्छ ।
कुरा के हो भने, (हिजो) शनिबार काठमाडौंमा एक थुलुङ संस्कृतिहरुको जगेर्ना गर्गे एक कार्यक्रम सम्पन्न भयो । जसले थुलु्ङ संस्कृतिहरुको जगेर्ना गर्ने प्रयत्न गरेको छ । यो कार्य एकदमै सर्हानिय छ । थुलुङहरुसँग कस्तो खालको रीति रिवाज छ? थुलुङ संस्कुतिलाई कसरी जीवन्त तुल्याउन सकिन्छ? प्राचीन कालदेखि चलिआएको चालचलन कस्तो छ? यसलाई बचाउन किन आवश्यक छ? यावत, यस्ता कुराहरुलाई ध्यानमा राखी कोटेश्वर, काठमाडौंमा थुलुङ राईसँग सम्बन्धित एक कार्यक्रम सम्पन्न भयो ।
कार्यक्रममा थुलुङहरुको मातृभाषामा प्रकाशित ‘हालाम को’ किताब र थुलुङ भाषा संस्कृतिहरुलाई उजागर गर्न ‘थुलुङ’ नामक पत्रिकाको विमोचन भएको थियो । उनीहरु यत्ति जागरुक देखिन्छन् की, आफ्नो अस्थित्व बचाउनमा, उनीहरु आफ्नो भाषा, संस्कृति तथा चालचलन बचाउन र आफु अस्थित्वमा रहनका लागि विगत लामो समयदेखि तन, मन र बचनका साथ यो कर्ममा लागिरहेका पाईन्छन् ।
उनीहरुले थुलुङ भाषाको वा उनीहरु सँग सम्बन्धित पत्रिका प्रकाशन देखि लिएर थुलुङ मातृभाषाको औपचारिक शिक्षा दिन थालिसकेका छन् । यसमा विभिन्न ब्यत्ति, संघसस्था तथा जानकार ब्यक्तिहरुको सहयोगमा थुलुङ राई संस्कृति प्रतिष्ठान सोलुखुम्बु प्रकाशक रहने गरि ‘हालाम को’ नामक कक्षा एकमा प्रशिक्षण गराईने किताबको प्रकाशन तथा ‘सयुक्त मुख पत्र थुलुङ यले थ–५०७८’ नामको थुलुङपत्रिका पत्रिका प्रकाशन गर्न सम्म अठोट गरेका छन् ।
जसका लागि थुलुङहरुका जानकार ब्यक्तित्वहरुद्वारा थुलुङ राई भाषा पाठ्यक्रम विकास केन्द्र’ नामक ९ सदस्यीय समिति गठन गरि पाठ्यक्रमलाई विकास गर्ने काम सुरु भयो । खुक्सङ खम्बु संयोजक रहेको सो समितिले पनि अनुसरणीय काम गरेको छ ।
पाठ्यक्रम विकास सँगसँगै सोलुखुम्बु, खोटाङ र ओखलढुङ्गाको २६ ओटा विद्यालयमा सो प्रशिक्षण कार्य सुरु पनि
भईसकेको पनि थुलुङ राई संस्कृति प्रतिष्ठानका सोलुखुम्बुका अध्यक्ष निर्कुधन थुलुङले जानकारी दिएका छन् । ‘हालाम को’ किताबमा राई संस्कृतिहरुअनुसारको पाठहरुलाई समावेश गरिएको छ । जसलाई करिब ४ महिनाको समय, लगाव र साधनाबाट तयार पार्न सकिएको हो । यसमा ४० ओटा पाठहरुलाई राखिएको छ, थुलुङहरुको संस्कृतिलाई कसरी बचाउन सकिन्छ? र यसलाई कसरी जिवन्त तुल्याउन सकिन्छ, भन्ने कुराहरुलाई ध्यानमा राखेर यसलाई तयार पारिएको छ । त्यस्तै ‘थुलुङ’ पत्रिकामा भने विभिन्न थुलुङ मूर्धन्य ब्यक्तिहरुको जीवनी तथा थुलुङ राई संस्कृतिहरुसँग सम्बन्धित जानकारहिरु प्रस्तुत गरिएको छ । जसमा थुुलुङ राईहरुको संस्कार लागएतका कुराहरु तथा विभिन्न ब्यक्तिहरुको जीवनीलाई स्थान दिईएको छ, यसलाई जीवन्त दिन हामी सबैले आ–आफ्नो स्थानबाट सक्दो प्रयास गर्नु सक्नुपर्छ । थुलुङ राईहरु मात्र नभएर गैर–थुलुङहरुमा पनि यही सन्देश होस् ।
अनि मात्र रहन्छ नेपाल नेपालजस्तो, त्यसपछि मात्र रहन्छ नेपालीको संस्कृति नेपालीको जस्तो, अनि मात्र रहन्छ, नेपाली मन नेपालीको जस्तो ।