६ बर्ष गुप्ताबास बसेको भेंडालाई बाहिर निकाल्दा बन्यो सेलिब्रेटी (फोटो फिचर)



मानिसहरुको मात्र होईन जनावरहरुको स्वभाव र प्रबृती पनि अचम्मको हुने गर्दछ । यस्तै घटना भयो न्युजिल्याण्डमा जहाँ एउटा भेंडा ६ बर्षसम्म गुफामा गुप्तबास बसेको थियो ।

सन् १९९७ मा न्युजिल्याण्डमा एउटा भेंडा १७ हजार भेंडाको हुलबाट भागेर गुफामा लुक्योे । जिद्दी र डरपोक स्वभावको उक्त भेंडा मालिकको आँखा छलेरै ६ वर्षसम्म गुफाभित्र बस्यो । जब ६ वर्षपछि अचानक मालिकले भेंडालाई गुफामा भेटे तब त्यसलाई कुनै भेंडा हो भनेर छुट्टाउँनै गाह्रो पर्यो । ४ वर्षको उमेरमा गुफा पसेको भेंडा १० वर्षको उमेरमा बाहिर निस्किँदा जिउमा करिव २० जनालाई शुट बनाउन पुग्ने ऊन पालेको थियो ।

भेंडाको उनले ढाकिएर डल्लोजस्तै बनेको उक्त भेंडाको तस्वीर त्यसबेला खुबै चर्चामा आएको थियो । चर्चासँगै यो भेंडाको नाम श्रेक राखिएको थियो, जुन एउटा एनिमेटेड फिल्मको पात्रको नाम हो । भेंडा सेलिब्रेटी नै बन्यो र उसको जिउबाट काढिएको ऊन महंगोमा लिलाम भयो । तर उक्त भेंडाको मुत्यु भने सन् २०११ मा नै भईसकेको छ । जुन भेंडा मर्दा न्युजिल्याण्डमा कुनै राजनेता मृत्यु हुँदाको जस्तै गरी शोक मनाईएको थियो ।

   

प्रतिक्रिया दिनुहोस्