विश्वका अनौठा ५ देश जहाँ न कहिलै रात पर्छ न दिननै हुन्छ !



हामी सबैलाई थाहा छ विश्वभर सूर्य उदायपछि दिनको शुरुवात हुन्छ र सूर्य अस्ताएपछि रात पर्न शुरु गर्छ यो प्राकृतिक नियम हो । के तपाईंलाई थाहा छ, संसारमा यस्ता पनि देश छन् जहाँ कहिल्यै सूर्य अस्ताउँदैन । थाहा पाऔं, सूर्यास्त नहुने यी पाँच देश :

स्विडेन : स्विडेन एउटा यस्तो देश हो जहाँ तपाईं आधा रातमा पनि सूर्य देख्न सक्नुहुन्छ । यहाँ मे महिनाको शुरु देखि अगस्ट महिनाको आधासम्म राती सूर्य अस्ताउँदैन । यसैले यसलाई कहिलै रात र दिन नबदलिने देशको रुपमा हेरिन्छ ।

नर्वे : नर्वे पहाडले घेरिएको देश हो । यो देशमा मे महिनादेखि जुलाईसम्म लगभग ७६ दिनसम्म सूर्य अस्ताउँदैन् । यो देशलाई ‘ल्याण्ड अफ द मिड नाइट सन’ पनि भनिन्छ । यदि तपाईं लामो समयसम्म उज्यालोको मजा लिन चाहनुहुन्छ भने यो देशमा घुम्न जान सक्नुहुन्छ ।


आइसल्याण्ड : आइसल्याण्डमा पनि तपाईं आधा रातसम्म सूर्यको उज्यालोको मजा लिन सक्नुहुन्छ । यहाँका झरना, ज्वालामुखी, हिमनदीले र प्रकृतिको आकर्षक दृश्यले तपाईंको मन जित्नेछ । यहाँ १० मेदेखि जुलाईको अन्त्यसम्म सूर्य अस्ताउँदैन ।


क्यानडा : क्यानडामा गर्मी मौसममा ५० दिनसम्म सूर्य अस्ताउँदैन । यहाँ पनि अँध्यारो हुनुपर्ने रात उज्यालो नै हुन्छ ।


फिनल्याण्ड : फिनल्याण्ड पनि एउटा यस्तो देश हो जहाँ गर्मी मौसममा ७३–७४ दिनसम्म सूर्य डुब्दैन । यो देशमा तपाईं स्किंग, साइक्लिङ, हाइकिङजस्ता गतिविधिसहित आनन्द लिन सक्नुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्