जितको लागि नेपालद्वारा भुटानलाई १५१ रनको लक्ष्य



२३ असोज २०७५, काठमाडौं

आईसिसि विश्व टी–ट्वान्टी एशिया छनौट समुह बी अन्तर्गतको खेलमा नेपालले भुटानलाई जितको लागि १५१ रनको लक्ष्य दिएको छ ।

टस फिल्डिङ रोजेपछि नेपालले २० ओभरमै २० विकेट घुमाएर १५० रन जोड्न सकेको थियो । नेपालका लागि प्रदिप ऐरीले अर्धशतकीय पारी खेले । प्रदिपले अविजित ७५ रन जोडे । यस्तै करण केसी ११ रनमा अविजित रहे । त्यस्तै नेपालका अनिल कुमार साहले २७, दिपेन्द्र सिंह ऐरीले १५ र आरिफ शेखले १३ रन जोडे । ओपनर विनोद भण्डारी सुन्य रनमा आउट भए । भुटानका जिग्मी सिङ्गे, संजिवन गुरुङ, थिन्ले र रमेश गुरुङले समान एक एक विकेट लिए ।

छनौटमा नेपाल ३ खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा छ । यता, भुटान ३ खेलबाट २ अंक जोडेर पाँचौ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्