ग्रिनसिटीको आखा शिविरमा १ सय १३ जनाले लिए सेवा



२३ असोज २०७५, इटहरी

इटहरीमा रहेको सामाजिक संस्था मध्यको लायन्स क्लव अफ इटहरी ग्रीन सिटीले संचालन गरेको आखा शिविरमा ११३ जना बिद्यार्थीले लाभ लिएका छन् । इटहरी उपमहानगरपालिका वडा नं. १३ खनारमा रहेको मदन आश्रित आधारभुत बिद्यालयमा उक्त शिविर संचालन गरिएको थियो ।

अन्तर्राष्ट्रिय लायन्स क्लवमा पहिलो महिला प्रसिडेन्ट गुन्द्रुन याड भाडोटीको ८ अक्टोवरलाई बालबालिकाको लागी समर्पण भन्ने बिश्वब्यापी आव्हान अन्तर्गत उक्त क्याम्प संचालन गरिएको हो ।

आँखा जाँच गरिएका मध्ये २३ जना विद्यार्थीलाई चस्माको अनिवार्य आवश्यकता रहेको शिविरमा संलग्न चिकीत्सकले जानकारी दिएका छन् । चिकीत्सकका अनुसार ५ जनालाई बिशेष आँखा जाँचको आवश्यकता पर्ने देखिएको छ । डा. प्रियंका चौधरीको टिमले गरेको आँखा जाँचमा भेटिएका आखाँको कमजोरी भएका बालवालिकालाई चस्माको पनि ब्यवस्था गरिने क्लवका सचिव अजय अधिकारी बताए ।

लाइन्स क्लव अफ ईटहरी ग्रीनसिटी र ईटहरी स्मार्टसिटीले संयुक्त रूपमा आयोजना गरेको उक्त क्याम्पको अध्यक्षता ग्रीनसिटीकी प्रेसिडेन्ट निर्मला चौधरीले गरेकी हुन् ।

उपमहानगरपालिका भित्रै रहे पनि सरकारको शिक्षा नीतिबाट ओझेलमा परेर दयनीय अवस्थामा रहेको ईटहरी उपमहानगरपालिकै वडा १३ अवस्थित मदन आश्रित निमाविमा आठ अक्टोवरका दिन एक दिवसीय आई चेकअप क्याम्प संचालन गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्