विश्वका धेरै अचम्मित तस्विरहरु सर्वप्रथम देख्दा तपाईंलाई निकै खुलदुली लाग्न सक्छ । तर तिनीहरु सबै होसियारीपूर्वक कलात्मक पारिएका हुन् । यी तस्बिरहरुमा स्विडिस कलाकार एरिक जोनसनले असाधारण कलाको मिसावट गरी सम्पादन गरेका हुन् ।
सामान्य मानिसहरुले भन्दा फरक किसिमबाट सम्पादन गर्ने उनले अस्वाभाविक दृश्य देखाएका छन् । यी तस्विर हेर्दा अर्कै संसार जस्तो लाग्छ । गहिरिएर हेर्ने हो भने जति हेर्याे उति रोचक लाग्छन् । फोटोशप, कागजका टुक्रालगायतको सम्मिश्रणले सामान्य तस्विरलाई जीवन्त बनाएको छ ।
उनका अनुसार एउटा कलात्मक तस्विर बनाउन एक महिनादेशि एक वर्षसम्म लाग्छ । सामान्य स्केचबाट शुरु हुने भए पनि यसमा अथाह कल्पना घुसाइन्छ । भ्रमात्मक कुराहरुलाई राखेर बनाइएका यी तस्विरहरु हेर्दा निकै आनन्द महसुस हुन्छ ।