२६ असोज २०७५, काठमाडौं
मलेशियामा जारि आईसीसी टि–२० विश्वकप छनौट एसिया (पूर्वी) प्रतियोगिता अन्तर्गत टी–ट्वान्टी विश्वकपको लागि नेपालसहित मलेशिया तथा सिंगापुर छनौट भएका छन् ।
आज भएको अन्तिम खेलमा चीनलाई १० विकेटले पराजित गर्दै मलेशियाले थाईल्याण्डलाई रनरेटका आधारमा जितेर विश्वकप छनौट खेल्न पूर्वी क्षेत्रबाट तेस्रो हुदै छनौट भएको हो । यस समुहबाट नेपाल र सिंगापुर छनौट भइसकेका छन् भने केहि बेरपछि हुने खेलबाट पहिलो र दोस्रो छुट्टिने छन् । प्रतियोगितामा नेपालसहित सिङ्गापुर, मलेशिया, भूटान, चीन, म्यान्मा र थाइल्याण्ड गरि ६ राष्ट्रको सहभागिता रहेको थियो । राउण्ड रोबिनका आधारमा सम्पन्न यस खेलबाट शीर्ष तीन टोली दोस्रो चरणको छनौटमा छानिने व्यवस्था अनुसार नेपाल, सिंगापुर र मलेशिया छानिएका छन् ।
अन्तिम चरणमा विश्वभरबाट छानिएका १४ टोलीबीच प्रतिस्पर्धा हुनेछ । जसमध्ये ६ टोली टी–२० विश्वकप २०२० का लागि छनौट हुनेछन् ।