२७ असोज २०७५, न्यूयोर्क
तामाङ समाज अमेरिकाले आउँदै गरेको २८५५ औं “फा ल्हो” सोनाम ल्होछार भब्यताका साथ मनाइने भएको छ ।
अध्यक्ष सानुमाया तामाङको अध्यक्षतामा तामाङ समाज अमेरिकाको कार्यालयमा बसेको कार्यसमिति बैठकले यही आउँदो फेब्रुवरी २, २०१९
शनिबारका दिन Five Star Banquet 13-05 43rd Ave, Long Island City, NY मा २८५५ औं “फा ल्हो” सोनाम ल्होछार भब्यताका साथ मनाउने निर्णय गरिएको हो ।
तामाङ भाषा ,धर्म ,संस्कार ,संस्कृतिलाई जगेर्णा गर्ने उद्देश्यका साथ आउँदो सोनाम ल्होछारलाई मौलिक परम्परा एवंम् सन्देशमूलक तरिकाबाट मनाउने भएको छ । ल्होछारको लागि मिति र स्थान तय भैसकेको र अन्य तयारी अघि बढीरहेको तामाङ समाज अमेरिकाले जानकारी गराएको छ !!