०७ कार्तिक २०७५, मुगु
राारामा पर्यटकीय चहलपहल सुरु भएको समाचार आजको कान्तिपुरले पृष्ठ १२ मा छापेको छ ।
असोजदेखि मंसिरसम्म रारा अवलोकन गर्न उपयुक्त मानिन्छ ।
हावापानी अनुकूल र आसपासका प्राकृतिक सम्पदाको दृश्यावलोकन गर्न सजिलो हुने भएकाले यो मौसम पर्यटकको रोजाइमा पर्ने गरेको हो ।
सडक अवरुद्ध भएपछि असारदेखि भदौसम्म सुनसान रारामा अहिले पर्यटकको चहलपहल बढ्दै गएको छ ।
हवाई उडान नियमित र बर्षाका कारण अबरुद्ध सडक खुलेपछि पर्यटकको चहलपहल बढेको हो ।