गभर्नस गोल्डकप : भारतको टेलिग्राफसँग नेपालको एपीएफ भिड्दै



०७ कार्तिक २०७५, काठमाडौं

भारतको प्रतिष्ठित फुटबल प्रतियोगिता गभर्नस गोल्डकपमा आज नेपालको ए डिभिजन क्लब सशस्त्र प्रहरी बल (एपीएफ) ले आज प्रतिस्पर्धा गर्ने भएको छ ।

प्रि क्वार्टरफाईनलको खेलमा एपीएफले भारतको जर्ज टेलिग्राफसंग खेल्न लागेको हो । खेल स्थानिय समय अनुसार दिउँसो २ बजे सुरु हुने जनाईएको छ । करिब पाँच बर्षपछि सुरु भएको सहिद स्मारक ए डिभिजन लिगको पहिलो खेल खेलेर एपीएफ सिक्किम लागेको हो । लिगको पहिलो खेलमा हिमालयन शेर्पासंग बराबरी खेल्दै एपीएफले अंक बाँडेको थियो । पुर्वसन्ध्यामा एपीएफ प्रशिक्षक राजेन्द्र तामाङले प्रतियोगिताको फाईनल पुग्ने आशा राखेको बताएका थिए ।

‘यसअघि नेपाली टिमले राम्रो प्रर्दशन गरेको छ । घरेलु टोलीलाई स्थानीय समर्थन धेरै हुन्छ । हामीलाई दबाब समेत हुन्छ । तर तीनै प्रशंसकको अगाडी राम्रो प्रर्दशन गर्ने अपेक्षा गरेका छौ ।’ उनले भनेका छन् । एपीएफले पहिलो पटक गभर्नस गोल्डकप खेल्न लागेको हो । क्लबले सहिद स्मारक ए डिभजिन लिगलाई ध्यानमा राखेर तामाङलाई मुख्य प्रशिक्षकमा नियुक्त गरेको थियो ।

१२ टोलीको सहभागि रहने प्रतियोगिता नोभेम्बर ३ सम्म सिक्किममा आयोजना हुदैछ । अखिल नेपाल फुटबल संघ एन्फाले प्रतियोगिता खेल्न सिग्नेचर मनाङ मस्र्याङ्दी क्लब र एपीएफ क्लबलाई सिक्किम पठाउने निर्णय गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्