०७ कार्तिक २०७५, काठमाडौं
थाईल्याण्डमा जारी एएफसी यू–१९ महिला च्याम्पियनसिप छनौटका लागि आज नेपालले घरेलु टोली थाईल्याण्डसँग प्रतिस्पर्धा गर्ने भएको छ ।
थाईल्याण्डलाई समुहको उपाधी दाबेदारको रुपमा हेरिएको छ । दोस्रो चरणका लागि नेपालले आज थाईल्याण्डसँग खेल्न लागेको हो । नेपाली टोलीका प्रशिक्षक ओम हरी श्रेष्ठले थाईल्याण्डसँग आफुहरु दोस्रो चराणसम्म पुग्नका लागि कडा परिश्रम गरेको बताएका छन् । सके जित्ने र नभए बरबरी खेल्ने नेपालको लक्ष्य छ । खेल नेपाली समयअनुसार साँझ ०६ः१५ बाट सुरु हुने जनाईएको छ ।
नेपाली टोलीमा गोलकिपर अन्जना थापामगर, कविता राई र उषा नाथ, त्यस्तै डिफेन्डर निशा थाकेर, शुस्मा महर्जन, रोजिना श्रेष्ठ, समिक्षा घिमिरे, विमला विक, कोपिला धिमाल,पुनप फरसवान तथा पुजा रानामगर रहेका छन् । त्यसैगरि मिडफिल्डरमा सरु लिम्बु, मन्जली कुमारी योञ्जन, शुभद्रा खड्का, अस्मिता वैद्य, मनिसा राउत, सुहानी कुसुवार, सृजना ठकुरी र सम्झना लावती त्यस्तै स्ट्राईकरमा रश्मी कुमारी घिसिङ, रेखा पौडेल, एलिसा जाम्बा र सम्झना शर्मा रहेका छन् ।