०७ कार्तिक २०७५, काठमाडौं
फुटबलमा विकास गर्न नेपाल र सन् २०२२ को विश्वकप आयोजक देश कतारबीच सहकार्य तथा सम्झौता पुरा भएको छ । फुटबलमा चाहेजत्ति प्रगति गर्न नसकेको बेलमा अखिल नेपाल फुटबल संघ (एन्फा) र कतार फुटबल एसोसिएसन (क्युएफए) बीच पाँच वर्षे सम्झौता भएको हो ।
सम्झौता पत्रमा एन्फा अध्यक्ष कर्मा छिरिङ शेर्पा र क्युएफएका अध्यक्ष हमाद विन खालिफाबीच हस्ताक्षर भएको छ । सम्झौतामा नेपाल र कतारबीच व्यवस्थापन, टेक्निकल समस्या, प्रशिक्षकको भुमिका समाधान, रेफ्री आदानप्रदान तथा खेलाडी साटासाट लागाएतका १७ बुँदामा सम्झौता भएको जनाईएको छ । साथै दुई राष्ट्रबीचमा मैत्रीपुर्ण फुटबलको विकास कसरी गर्न सकिन्छ, भनी छलफल भईरहेको एन्फाले जनाएको छ ।
यसअघि नेपालले फुटबल विकासकै लागि भनी जापानसँग सम्झौता गरिसकेको छ ।