०८ कार्तिक २०७५, काठमाडौं
साफ च्याम्पियनसिप यू–१५ फुटबलमा भारतविरुद्व पाकिस्तानले पहिलो हाफमा अग्रता लिएको छ । पहिलो हाफको खेल सकिदाँ पाकिस्तानले खेलमा १–० को अग्रता बनाएको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भईरहेको खेलमा खेलको ३१ औ मिनेटमा पाकिस्तानका अदनान जस्टिनले गोल गरे । समुह बीको पहिलो खेलमा दुवै टोली भिडेका हुन् ।
प्रतियोगितामा आज दुई खेल हुने छन् । यस खेल सकिएसँगैं नेपाल र माल्दिभ्सबीच प्रतिस्पर्धा हुनेछ ।