०८ कार्तिक २०७५, काठमाडौं
साफ च्याम्पियनसिप यू–१५ अन्तर्गत आज सम्पन्न खेलमा नेपालले माल्दिभ्सविरुद्ध ४–० को सहज जित निकालेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा नेपालले ४–० को फराकिलो जित निकालेको हो । नेपालका लागि खेलका २८ औं मिनेटमा जान लिम्बुले, ३५ औं मिनेटमा नमस मगरले त्यस्तै खेलको ६३ औं मिनेटमा शाशक बोहरा तथा खेलको ६८ औं मिनेटमा दिपेश राईले एक–एक गोल गरे ।
यससँगैं समुह ए मा रहेका नेपालले ३ अंक जोडेको छ । यसअघि आजै सम्पन्न समुह बी को खेलमा पाकिस्तानले भारतलाई २–१ ले पराजित गरेको थियो ।