०९ कार्तिक २०७५, काठमाडौं
एएफसी यू–१९ महिला च्याम्पियनसिप अन्तर्गत अहिले चलिरहेको खेलको पहिलो हाफमा भारतविरुद्ध नेपाले अग्रता पाएको छ ।
थाईल्याण्डको चोनबुरीमा चलिरहेको खेलमा नेपालले अग्रता लिएको हो । खेलको ५८ औं मिनेटमा भएको गोलले नेपाली टोलीलाई अग्रता दिलाएको हो ।प्रतियोगिताको अंकविहिन नेपाललाई अर्को चरणमा जानलाई भारतलाई हराउनै पर्ने दबाब छ । अहिले खेलको दोस्रो हाफ चलिरहेको छ ।
यसअघि नेपाल थाईल्याण्डसँग ३–० ले पराजित भएको थियो ।