खण्डहर रानीपोखरी भाइटीकाको दिन खुल्ने



१० कार्तिक २०७५, काठमाडौं

खण्डहर बन्न पुगेको रानीपोखरी र त्यसको बिच भागमा रहेको बालगोपाल मन्दिर पुनर्निर्माण नभए पनि भाइटीकाको दिन खुला हुने समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

काठमाडौं महानगरपालिकाको स्वामित्वमा रहेको रानीपोखरीमा रहेको बालगोपालको मूर्ति ल्याएर एक दिनका लागि मात्र खुला गर्न लागिएको हो ।

हाल छाउनीस्थित राष्ट्रिय संग्रहालयमा राखिएको मूर्ति भाइटीकाको अघिल्लो दिन रानीपोखरी परिसरमा राखेर सर्वसाधारणका लागि खुला गर्ने तयारी भइरहेको कामपाका प्रवक्ता ज्ञानेन्द्र कार्कीले जानकारी दिए ।

हरेक वर्षको भाइटीकामा बालगोपालको दर्शन गर्नका लागि रानीपोखरी सर्वसाधारणका लागि खुला गरे प्रचलन छ । दिदीबहिनी वा दाजुभाइ नहुनेहरू यहाँ गएर टीका लगाउँछन् ।

प्रतिक्रिया दिनुहोस्