पीपीएल : बुटवल ब्लास्टर्सद्वारा चितवन राइनोज पराजित



१० कार्तिक २०७५, काठमाडौं

पोखरा प्रिमियर लिग अन्तर्गत आज शनिबार भएको पहिलो खेलमा बुटबल ब्लास्टर्स विजयी भएको छ । बुटवलले ७० रनले चितवन राईनोजलाई हराएको हो ।

पोखरा क्रिकेट मैदानमा भएको खेलमा बुटवलले २० ओभरमा ५ विकेट गुमाउँदै १३५ रन बनाएको थियो । खेलाडीहरु सोमपाल कामीले चार, ललित भण्डारीले दुई तथा रोहन मुस्तफाले एक विकेट लिए । पारसले टिमका लागि सर्वाधिक १० रन बनाउन सके । सन्नी पटेलले ९ र करण केसीले ७ रन बटुले । स्मिथ पटेलले दुई र हरिशंकर साह १ रन जोडे । सोनु तामाङ, अनिलकुमार साह र आरिफ शेख शून्य रनमा आउट भए ।

बुटवलको पनि खराब शुरुआत थियो । विदेशी खेलाडी चिराग सुरीले १ रन बनाए भने रोहन मुस्तफाले खाता नै खोल्न सकेनन् ।भिम सार्की दुई रनमा आउट भए । चौथो विकेटका लागि सागर पुन र शंकर रानाले ६८ रनको साझेदारी गरे । सागर ४६ रनमा पेभेलियन फर्किए भने राना ४८ रनमा आउट भए ।

यसैगरी शंकर र सिद्धान्त लोहनीले पाँचौ विकेटका लागि ५० रनको साझेदारी गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्