कानुन नहुँदा प्रदेशसभा सदस्यहरु तनावमा



११ कार्तिक २०७५, काठमाडौं

केन्द्र सरकारले संविधानबमोजिम ऐनहरु प्रदेश सरकारमा नपठाउँदा आफूहरु निकै मारमा परेको प्रदेश सभा सदस्यहरुले गुनासो गरेको समाचार आजको नेपाल समाचारपत्रले पहिलो पृष्ठमा छापेको छ ।

ऐनहरु प्रदेशमा नजाँदा कर्मचारी समायोजन, व्यवस्थापन, शान्ति सुरक्षा कायम लगायतका कामकारबाही द्रुत रुपमा अघि बढ्न सकेका छैनन् ।

प्रदेश नम्बर ३ का सांसद रत्न ढकालले संघीय सरकारले यथाशीघ्र ऐनहरु नपठाएको गुनासो गर्दै नेपाल भने, ‘हामी कामविहीन भएका छौं । संविधानको अनुसूचीबमोजिम ऐनहरु नपठाए चुप लागेर बस्दैनौ । ऐन नबन्दा केन्द्रकै मुख ताक्नुपरेको छ ।’

प्रतिक्रिया दिनुहोस्