११ कार्तिक २०७५
प्रतिपक्षी दलको अवरोधका कारण बस्न नसकेको कर्णाली प्रदेश सभाको बैठक आइतबार बस्दैछ ।
नेपाली कांग्रेसका सांसदले सरकारले हालसम्म पनि बजेटको रातो किताव उपलब्ध नगराएको, अत्यावश्यक विधेयकहरु संसदमा पेश नगरेको र संसदलाई बिजेनश नदिएर बन्धक बनाएको भन्दै बैठक अवरोध गरेको थियो ।
असोज २३ गते र २६ गते बस्न नसकेको संसद बैठक आइतबार दिउसो १ बजे बस्ने सहमति जुटेको छ । शनिबार बसेको संसदको कार्यव्यवस्था परामर्श समितिको बैठकमा बैठक सञ्चालन गर्ने सहमति भएको बताइएको छ ।