नेचासल्यानमा आजदेखी सर्वाधिक राशीसहितको खेल सुरु, २१ टोलीको सहभागिता



११ कार्तिक २०७५, काठमाडौं

सोलुखुम्बुको नेचासल्यान गाँउपालिकामा आजबाट सर्वाधिक राशीसहहितको खुल्ला पुरुष भलिबल प्रतियोगिता सुरु भएको छ । नेचासल्यान ५ नाम्लोमा सञ्चालन हन लागेको खेलमा २१ टिमको सहभागिता रहेको कार्यक्रम संयोजक राजनकुमार राईले जानकारी दिए ।

‘आन्तारिक पर्यटनका लागि खेलकूद’ भन्ने मुल नाराका साथमा सञ्चालन हुन लागेको खेल आजबाट ६ दिनसम्म चल्ने आयोजकले जनाएको छ । खेलको उद्घाटन प्रदेश सांसद उत्तम कुमार बस्नेतले गरेका छन् । उद्घाटन समारोहमा सोलु दुधकुण्ड नगरपालिकाका उपमेयर कल्पना राई, थुलुङ दुधकोशी गाँउपालिकाका मेयर असिम राई, तथा अन्य वडा अध्यक्षहरुको पनि उपस्थिती रहेको बताईएको छ ।

सोलुखुम्बु जिल्लामा खेलकुद गतिविधि घट्दै गएको अवस्थालाई पुनः नयाँ रुप दिनका लागी खेलकुद आयोजना गरिएको राईले जानकारी दिए । खेलमा रेफ्री अखिल नेपाल फुटबल संघ (एन्फा) बाट जाने पनि संयोजक राईले बताएका छन् ।

प्रतियोगितामा प्रथम, द्धितीय, तृतीय तथा सान्त्वना हुुने टिमलाई ट्रफी, मेडल तथा प्रमाणपत्रको साथमा क्रंमस नगद १ लाख, ७० हजार, ४० हजार तथा २० हजार प्रदान गरिने छ ।

प्रतिक्रिया दिनुहोस्