एएफसी यू–१९ च्याम्पियनसिप : नेपालको ९ गोल पाकिस्तानको पोस्टमा, जितसँगैं दोस्रो चरणमा प्रवेश



११ कार्तिक २०७५, काठामाडौं

एएफसी यू–१९ अन्तर्गत आजको खेलमा नेपालले पाकिस्तानलाई पराजित गरेको छ । थाईल्याण्ड चोनबुरीमा भएको खेलमा नेपालले पाकिस्तानलाई ९–० गोल अन्तरले हराएको हो ।

नेपालको जितमा निशा थोकरले ह्याट्रिक गरेकी छिन् । नेपालको लागि खेलको दोस्रो मिनेटमा मञ्जली योञ्जनको गोलबाट पहिलो अग्रता लिएको नेपालले पाकिस्तानलाई ० का विरुद्ध ९ गोल हान्न सकेको हो । त्यस्तै खेलको ३२ औं मिनेटमा सम्झना लावतीले तथा ३८ औं मिनेटमा एलिसा जिम्बाले पनि एक–एक गोल गरे । त्यसैगरि नेपालको सफलतामा पुजा रानाले चौंथो गोल बनाउँदै नेपाललाई पाकिस्तानसामु अद्धितीय बनाउन सघाईन् ।

त्यसैगरि खेलको ५४ औं मिनेटमा उनले दोस्रो गोल पनि थपिन् । लगत्तै निशा थोकरको फ्रीकिकबाट दोस्रो गोल पनि थप्न सफल भए । साथै उनले खेलको ८५ औं मिनेटमा ब्यत्तिगत गोल गर्दै ह्याट्रिक बनाएका थिईन् । सो जितसँगैं नेपालले दोस्रो चरणमा प्रवेश गरेको छ । समुह चरणमा नेपाल र थाईल्याण्डको अंक समान ६ छ ।

त्यस्तै भारतको अंक ३ छ भने पाकिस्तान अंक विहीन हुँदै घर फर्कन बाध्य भएको छ । आजै साँझ ६ः १५ मा थाईल्याण्ड र भारतबीच समुह चरणको अन्तिम खेल हुँदै छ ।

प्रतिक्रिया दिनुहोस्