जायदको अर्धशतकसँगैं बिराटनगरले दियो काठमाडौंलाई १५० रनको लक्ष्य



१२ कार्तिक २०७५, काठमाडौं

पोखरामा जारी सर्वाधिक पुरस्कार राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) टी–20 क्रिकेटमा विराटनगरले काठमाडौंलाई जितका लागि १५० रनको लक्ष्य दिएको छ । पोखरा रंगशालामा टस जितेर पहिले ब्याटिङ गरेको सन्दीप लामिछानेको टिम विराटनगरले पुरै २० ओभर खेल्दै ७ विकेट गुमाएर १४९ रन बनाएको थियो ।

विराटनगरले दिएको १५० रनको लक्ष्यसहित ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको काठमाडौंले केहि बेरमा जवाफी ब्याटिङ गर्नेछ ।उत्कृष्ट सुरुवात गरेको विराटनगरका लागि मोहमद जायदले ६७ रनको अर्धशतकीय इनिङस खेले । यस्तै सुनील धमलाले ३० रन जोडे । जायद र सुनिलले पहिलो विकेटको लागि ६६ रनको साझेदारी गरेका थिए । त्यस्तै राजेश पुलामी मगरले ३० रन जोडे । काठमाडौका लागि शुसन भारी, बसन्त रेग्मी र गौरव तोमारले २र२ विकेट लिए ।

विराटनगर पहिलो खेलमा पोखरा पल्टन र दोस्रो खेलमा एक्सपर्ट धनगढी ब्लुजसंग पराजित भएको थियो । विराटनगरले २ खेल खेल्दा अंक जोड्न सकेको छैन । विराटनगर पुछारबाट दोस्रो स्थानमा छ । त्यसैले काठमाडौंविरुद्ध जित निकाल्न नसके विराटनगरलाई प्रतियोगिताको एलिमिनेटरमा पुग्न निकै कठिन हुनेछ । ज्ञानेन्द्रको काठमाडौंमाथि जित निकाल्न विराटनगरलाई निकै कठिन हुनेछ । किनकी काठमाडौं दोस्रो जित निकाल्ने लक्ष्यसहित मैदान उत्रने छ ।

प्रतिक्रिया दिनुहोस्