१२ कार्तिक २०७५, काठमाडौं
साफ यू–१९ च्याम्पियनसिप अन्तर्गत आज भएको खेलमा भुटानलाई पराजित गर्दै भारत सेमिफाईनलमा प्रवेश गरेको छ । सातदोबाटोस्थित एन्फा कम्पलेक्समा भएको खेलमा भारतले भुटानलाई ४–० गोलअन्तरले हराएको हो । यस जितसँगैं भारतले चौंथो स्थान पक्का गरेको हो ।
खेलको चौंथो मिनेटमा पाउल सुभोले गरेको गोलबाट अग्रता लिएको भारतले अन्त्यसम्ममा फराकिलो गोलअन्तरले भुटानलाई परााजित गर्न सकेको हो । भारतका लागि खेलको ६६ औं मिनेटमा सुब्बा कुसाङले एक गोल गरे । यससँगैं खेलको ८३ औं मिनेटमा सुभोले ब्यक्तिगत गोल गर्दै भारतलाई भुटानसामु अद्धितीय बनाउन सघाए । त्यसैगरि खेलको अन्तिम मिनेटमा भएको गोलसँगैं भारतले भुटालाई ० का विरुद्ध ४ गोल हान्दै सेमिफाईनलमा प्रवेश गरेको हो ।
भारत र भुटान आफ्नो पहिलो खेलमा पाकिस्तानसंग पराजित भएका थिए । पाकिस्तान ६ अंक सहित समुह विजेताको रुपमा अन्तिम ४ मा प्रवेश गरिसकेको छ । भारत ३ अंक सहित उपविजेताको रुपमा सेमिफाईनल पुग्यो । भुटान अंक विहिन हुँदै प्रतियोगिताबाट बाहिरिएको थियो । आजै समुह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशको सामना गर्ने छ ।