१२ कार्तिक २०७५, काठमाडौँ
बलिउडका दुई चर्चित नायिकाहरु प्रियंका चोपडा र करिना कपुर कुनै समयका एक अर्काका दुस्मन जस्तै थिए । पहिले करिना कपुरको अफियर बलिउडका चर्चित नायक साहिद कपुरसँग चलेको थियो । तर पछि साहिदले करिनालाई छोडेर प्रियंकासँग अफेयर राखेका थिए । यहि कुरामा करिना र प्रियंकाबीच मनमुटाव सुरु भएको थियो ।
उनीहरुको मित्रता यति बिग्रिएको थियो कि उनीहरु अन्तवार्तामा पनि एकअर्कालाई व्यङग्य हान्न भ्याउँथे । उनीहरुले एकसाथ चलचित्रमा काम पनि गरेका थिए तर त्यस समय पनि चलचित्र सफल हुनुको सबै श्रेय प्रियंकालाई गएपछि करिना फायर भएकी थिइन् । तर आजभोली यी दुईको सम्बन्ध सुध्रिएको छ ।
हालैमात्र करण जौहरले आफ्नो कार्यक्रम टक विथ करणका लागि यी दुई नायिकालाई बोलाएका छन् र दुवै नायिकाहरुले जाने सहमति पनि दिइसकेका छन् । यसरी हेर्दा यी नायिकाको बिग्रिएको सम्बन्ध फेरि राम्रो बन्ने देखिन्छ ।