१३ कार्तिक २०७५, इटहरी
तेस्रो अण्डर १९ राष्ट्रिय इटहरी प्रिमियर लिग क्रिकेट प्रतियोगिताको उपाधि आयोजक प्रदेश नम्बर २ ले हात पारेकको छ । इटहरीको नेपाल डिभीएम् स्कुलको खेलमैदानमा सम्पन्न फाईनल खेलमा आयोजक इटहरी क्रिकेट एकेडेमीलाई १ सय १९ रनको फराकिलो अन्तरले पाराजित गर्दै प्रदेश २ ले उपाधि हात पारेको हो ।
जितसँगै प्रदेश नम्बर २ ले नगद १ लाख ११ हजार हात पारेको छ भने उपविजेता बनेको आयोजक इटहरीले नगद ५५ हजारमा चित्त बुझाएको छ ।
टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश नम्बर २ ले निर्धारित २० ओभरको खेलमा ५ विकेट गुमाउँदै २ सय १ रनको योगफल खडा गरेको थियो ।
प्रदेश नम्बर २ का लागि सोनु अन्सारी र रवि शाहले अर्धसतकिय पारी खेलेका थिए ।
२ सय २ रनको विशाल लक्ष्य पछ्याएर जवाफी ब्याटिङ गरेको इटहरीले निर्धारित २० ओभरको खेलमध्ये १६ दशमलव २ ओभर खेल्दै सबै विकेट गुमाएर ८२ रन मात्र बनाउन सक्यो ।
फाइनल खेलको म्यान अफ द म्याच प्रदेश नम्बर २ का निखिल सिंह घोषित हुँदै नगद २ हजार र ट्रफी पाए । प्रतियोगिताको उत्कृष्ट खेलाडी प्रदेश २ का रवि शाह घोषित हुँदै नगद १० हजार र ट्रफी पाए । यस्तै प्रतियोगितामा उत्कृष्ट बलर प्रदेश २ का विकास दास र उत्कृष्ट ब्याट्सम्यान इटहरीका गौतम शर्मा घोषित हुँदै नगद ५–५ हजार र ट्रफी पाए । विजेता तथा उपविजेता खेलाडीलाई कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव केशव बिष्टले पुरस्कार वितरण गरे ।