१४ कार्तिक २०७५, काठमाडौं
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो स्वास्थ्यमा उल्लेख्य सुधार आएको भन्दै केही भ्रमक तत्वको दुश्चप्रचारबाट प्रभावित नहुन आम नेपाली जनसमुदायलाई अपिल गर्नुभएको छ ।
आफ्नो स्वास्थ्यको बिषयमा चासो र चिन्ता राख्ने सवैलाई अपिल गर्दै प्रधानमन्त्री ओलीले आज अस्पतालको बेडबाटै बिज्ञप्तीमार्फत सन्देश दिनुभएको हो ।
प्रधानमन्त्री ओलीले आफू छिट्टै अस्पतालबाट फर्कएर समृद्ध नेपाल निर्माणको सपना साकारपार्ने कामको नेतृत्व गर्ने घोषणा पनि गर्नुभएको छ । ‘म छिट्टै अस्पतालबाट फर्किने छु र तपाई हामीले देखेको समृद्ध नेपालको साझा सपना साकार पार्ने कामको नेतृत्वमा सक्रिय हुनेछु, प्रधानमन्त्री ओलीले भन्नुभएको छ ।