१४ कार्तिक २०७५, काठमाडौँ
बलिउड नायिका प्रियंका चोपडा र सलमान खानबीच केहिसमय अगाडि मनमुटाव भएको थियो । प्रियंकाले सलमान खानको भारत चलचत्रि छोडेपछि प्रियंका र सलमानबीच मनमुटाव भएको थियो । प्रियंका चोपडा अब चाडैँ नै आफ्ना प्रेमी निकसँग वैवाहिक जीवनमा बाधिदैँ छिन् ।
प्रियंकाले आफ्नो विवाहमा १०१ पाहुनालाई निम्तो गरिसकेकी छिन् भने केहि पाहुनालाई निम्तो गर्न बाकिँ नै भएको बताएकी छिन् । उनले आफ्नो विवाहका लािग सलमान खानका सब परिवारलाई निम्तो गरेकी छिन् । उनको र सलमानको मनमुटाव भएपछि धेरैले प्रियंकाले सलमानलाई आफ्नो विवाहमा नबोलाउने हुन् कि भन्ने सोचेका थिए । तर प्रियंकाले आफ्नो मनमुटाव भुलेर सलमानलाई आफ्नो विवाहमा निम्तो गरेकी छिन् ।
प्रियंका चोपडाले धेरै सेलेब्रेटिका माझ भव्य तरिकाले विवाह गर्ने भएकी छिन् । त्यसैले उनको विवाहलाई यस बर्षको सबैभन्दा ठूलो विवाहको रुपमा हेरिएको छ । प्रियंकाको विवाहमा सलमान आउँछन् कि आउँदैनन् त्यो भने हेर्न बाकिँ नै छ ।