‘मि टु’अभियानबारे बोलिन् मलाईका, भन्छिन् यो अभियानले परिवर्तन होइन हल्ला धेरै भएको छ



१४ कार्तिक २०७५, काठमाडौँ

यतिबेला भारतमा ‘मि टु’ अभियान चलिरहेको छ । करिब १० बर्ष अगाडि भारतीय कलाकार नाना पाटेकरले आफू माथि यौन दुव्र्यवहार भएको बताएका थिए । त्यसपछि अन्य कलाकारले पनि यस बिषयमा बोल्न थाले । त्यसैकारण पनि लामो समयपछि भारतमा मि टु अभियान सुरु गरिएको थियो ।

यस अभियानबारे भारतीय चर्चित नायिका तथा आइटम गर्लले परिचित मलाईका अरोरा पनि बोलेकी छिन् । मलाईकाले यो अभियानले खासै पििरवर्तन नल्याएको आफूले महशुस गरेको बताएकी छिन् ।मलाईकाको भनाई अनुसार यो अभियानले परिवर्तन भन्दा बढी हल्ला फैलिएको छ । उनी भन्छिन् मि टु अभियानलाई सफल बनाउन मानिसको सोचाईमा परिवर्तन ल्याउनु जरुरी छ । यसरी हल्ला गरेर हिड्दैमा मि टु अभियान सफल हुदैँन ।

प्रतिक्रिया दिनुहोस्