३२ हजार कर्मचारी सडकमा



१५ कार्तिक २०७५, काठमाडौं

सरकारी कार्यालयमा अस्थायी, करार, ज्यालादारी र ठेकेदारीका रुपमा कार्यरत ३२ हजार कर्मचारी पुनः आन्दोलनमा उत्रिएका छन् ।

सरकारले आफूहरुलाई विस्थापन गर्न खोजेको भन्दै सरकारी कार्यालय, मन्त्रालय मातहत ती कर्मचारी सिंहदरबारमा केन्द्रित आन्दोलनमा उत्रिएका हुन् ।

उनीहरुले सामान्य प्रशासन मन्त्रालयमा बुधबार धर्ना दिएको समाचार आजको नेपाल समाचारपत्रमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस्