प्रियंकाको विवाह र दिपिकाको रिसेप्सन पार्टि एकैदिन हुदैँ



१५ कार्तिक २०७५, काठमाडौँ

प्रियंका चोपडा र दिपिका पादुकोण दुवै बलिउडका निकै चर्चित र डिमाण्डेड नायिका हुन् । आजभोली बलिउडमा यी दुइको चलचित्र र कामभन्दा पनि बढी यिनीहरुको प्रेम र चाडैँ हुन लागेको विवाहले चर्चा पाएको छ । यी दुवै नायिकाले यसै बर्षको नोभेम्बर र डिसेम्बर महिनामा लगन गाठो कस्दैछन् ।

संयोगले जुन दिन प्रियंका चोपडाको निकसँग विवाह हुने भएको छ, त्यहि दिन रणवीर र दिपिकाको ग्राण्ड रिसेप्सन पार्टि पनि रहेको छ । यसरी हेर्दा नायिका दिपिकाको विवाहको पार्टीको दिन प्रियंकाले लगठ गाठो कस्ने भएकी छिन् । दुवै नायिकाले आफ्नो विवाह र रिसेप्सन पार्टिका लागि पाहुनाहरुलाई निम्तो पठाइसकेका छन् । यो बर्ष बलिउडका सेलेब्रेटिहरुको लागि निकै विशेष बन्ने भएको छ । किनकी प्रियंका र दिपिकाले मात्र नभएर बलिउडका चर्चित कमेडियन कपिल शर्माले पनि यसैबर्ष विवाह गर्ने भएका छन् । यसरी हेर्दा बलिउडमा यो बर्षका महिनाहरु विवाहले सजिने भएको छ ।

 

प्रतिक्रिया दिनुहोस्