देशभर Nepal A One Star ले धुम मच्चाउँदै



१६ कार्तिक २०७५, काठमाडौँ

नेपाल कलाकारिताले भरिपूर्ण भएको देश हो र नेपालीहरु कलाले भरिएका छन् । तर सानो र गरिब देश भएका कारणले नेपालमा राम्रो प्रतिभा हुने व्यक्तिहरुले पनि आफ्नो प्रतिभा देखाउने राम्रो प्ल्याटफर्म पाएका थिएनन् । विस्तारै नेपालमा प्रतिभा भएका व्यक्तिहरुको प्रतिभा प्रस्फोटन गर्नका लागि विभिन्न रियालिटि शो हरुको सुरुवात हुँदै गयो । तर प्रतिभावान् व्यक्तिहरुले चाहेर पनि आफ्नो प्रतिभा सम्पूर्णमा देखाउन भने पाएनन् ।  केहि रियालिटि शो हरु यस्ता निस्किए जसको काम प्रतिभावान् व्यक्तिहरुको प्रतिभा प्रस्फोटन गर्ने नभएर व्यापार गर्ने जस्तो भएर निस्कियो । त्यस्ता रियालिटि शो का अनावश्यक टिकट भोटिङ सिस्टमका कारण प्रतिभाको कदर नभएर अपमान समेत हुन पुग्यो । तर अहिले नेपालमा गुणस्तरीय खालका रियालिटि शो हरु आउन थालेका छन् । जसमध्येको एक हो ।  nepal A one star

नेपालमै पहिलो पटक सबैभन्दा धेरै २१ वटा जिल्लाहरुमा प्रत्यक्ष अडिसन र ७७ वटै जिल्लाहरुमा अनलाईन अडिसन लिइएको बिना टिकट भोटिङ सिस्टमको nepal A one star  यात्रा श्रावण ५ मा चितवन अडिसनबाट सुरु भएको हो । श्रावण ५ मा चितवन बाट अडिसन सुरु भएको nepal A one star  चितवन हुँदै देशका विभिन्न २१ जिल्ल्लामा असोज ११ सम्म अडिसन भएको थियो । nepal A one star एउटा यस्तो रियालिटि शो हो जसको एकमात्र उद्देश्य भनेको कला र सच्चा कलाकारको सम्मान गर्नु हो । हाम्रो देशमा यस्ता व्यक्तिहरु पनि छन् जसले आफ्नो प्रतिभा देखाउने सुनौलो अवसरको खोजिरहेका छन् । nepal A one star  ती प्रतिभावान् व्यक्तिहरुका लागि एउटा राम्रो प्ल्याटफर्म बनेको छ । nepal A one star गायन र नृत्य दुबै विधाको ठूलो रियालिटि शो हो ।

नेपालभर गरेर जम्मा ९६६३ अडिसन दिन आएका प्रतिस्पर्धीबाट मेघा अडिसनको लािग गायन तर्फ ३५० र नृत्य विधामा ३५० गरी जम्मा ७०० जनालाई सेलेक्ट गरिएको थियो । पोखरामा आयोजना भैरहेको nepal A one star मा मेघा अडिसन दिन आएका ७०० प्रतिस्पर्धीहरुबाट अर्को राउण्डका लागि गायन विधाबाट १०० र नृत्य विधाबाट १०० गरी जम्मा २०० प्रतिस्पर्धीलाई छनौट गरिएको थियो । विभिन्न राउण्डहरु भव्य सव्य तरिकाले सम्पन्न गरिएको nepal A one star केहि दिन अगाडि मात्र टप ५० छानेको थियो । अब अन्य राउण्डहरु तिहार पछि पुनः सुचारु हुने यसका अध्यक्ष  नवराज न्यौपानेले जानकारी गराएका छन् । nepal A one star यस्तो रियालिटि शो हो जसले प्रतिस्पर्धीहरुसँग कुनै धाधली नगरी निष्पक्ष निर्णय गर्ने गर्दछ ।  nepal A one star मा गएका प्रतिस्पर्धीहरुले पनि यो रियालिटि शो को बारेमा निकै सकरात्मक प्रतिक्रिया जनाएका छन् भने आफूहरु nepal A one star मा आएर निकै खुसी लागेको बताएका छन् ।

nepal A one star मा नेपालका उत्कृष्ट व्यक्तिहरुलाई जर्जको रुपमा राखिएको छ । उक्त रियालिटि शो मा जर्जहरुको रुपमा गायनतर्फ नेपालका पहिलो नेपाल आईडल बुद्ध लामाका गुरु अर्थात् राष्ट्रिय नाचघरका सहायक प्रबन्धक तिर्थराज पोखरेल, प्रलय चौलागाँई र नृत्य विधातर्फ वरिष्ठ डान्स कोरियोग्राफर सन्तोष लामा सोनुव्यास, नेपालका चर्चित नायक सुशान्त कार्की र फिल्म निर्माता समेत रहेका शिवराज कार्कीलाई राखिएको छ ।Five Monkeys Entertainment Pvt . ltd द्वारा आयोजना गरिरहेको Nepal A one star को हाइप र प्रभावले अन्य थुप्रै ठुला आयोजना तर टिकट भोटिङ रहेका कार्यक्रमहरु एकाएक  विस्थापित अर्थात बन्द भएको छ ।  nepal A one star को यो पहिलो सिजन हो । पहिलो सिजनमै इमान्दारिताका पूर्वक शो लाई अगाडि बढाइएको र पहिलो सिजनमै अत्याधिक प्रतिस्पर्धीहरु यो शो मा भाग लिन आएकाले  nepal A one star  लाई सबैले अत्यन्तै रुचाएका छन् । यसरी हेर्दा nepal A one star  को अर्को सिजन पनि आउने प्रबल सम्भावना देखिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्