१६ कार्तिक २०७५, काठमाडौं
पीपीएल अन्तर्गत आज भएको पहिलो खेलमा धनगढीले जित हात पारेको छ । धनगढी ब्लुजले पोखरालार्इ २ विकेटले पराजित गरेको हो । पोखराले दिएको एक सय ४५ रनको लक्ष्य धनगढीले ८ विकेटको क्षतिमा १९.५ ओभरमा एक सय ४८ रन बनाउदै पुरा गर्यो ।
धनगढीका लागि कप्तान दिपेन्द्र सिंह ऐरीले २६ बलमा ४९ रनको विस्फोट ब्याटिङ गरे । त्यसैगरि सुवेन्दु पाण्डेले २२ रन , पिटर टग्रोले ५३ रन बनाउन सके । पोखराको लागि रसिद खानले सर्वाधिक ४ विकेट, ललित राजवंशी र विक्रम पाण्डेले २ र २ विकेट लिए । यसअघि टस जित्दै ब्याटिङ रोजेको पोखरा पल्टनले पुरा ओभर खेल्दै ८ विकेटको क्षतिमा एक सय ४४ रन बनाएको हो । पोखराका लागि ओपनर कुशल भुर्तेलले ३ रनमा र आसिफ शेख २३ रन बनाएर आउट हुने पुगे । यस्तै इन्दर सिंहले २८ रन, कप्तान शरद भेषवाकरले १४ रन , विनोद भण्डारीले ७ रन , मोहम्मद नभिद ११ रन र रोहित पौडेलले ३१ रनको योगदान गरे ।
पोखराका लागि राशिद खान १५ रन र विक्रम भुषाल ८ रनमा अविजित रहे । धनगढीका लागि कमल सिंह ऐरीले सर्वाधिक ४ विकेट लिए । रोविन क्षेत्री, पिटर टेग्रो समान र ड्यान लरेन्सले समान १ र १ विकेट लिए ।