१६ कार्तिक २०७५, काठमाडौं
जापानमा हुने ओलम्पिक खेलका लागि एशियन छनौट खेल खेल्न नेपाली महिला टोली आज चीनबाट म्यानमार प्रस्थान गरेको छ । मैत्रीपुर्ण खेल खेल्न नेपाली टोली गत शुक्रबार चीन पुगेको थियो ।
त्यहाँ नेपालले तीन मैत्रीपुर्ण खेल खेलेको थियो । जसमा उसले एक खेलमा जित निकालेको थियो भने दुई खेलमा भने हार बेहोरेको थियो । नेपालले ०८ नोभेम्बरमा भारतसँग खेल्ने छ । त्यस्तै ११ मा म्यानमारसँग खेल्नेछ भने १३ मा बंगलादेशसँग खेल्ने जनाईएको छ । ओलम्पिकमा एशियाबाट १८ टोलीले सशभागिता जनाउने भएका छन् । जहाँ, जम्मा ४ समुह बनाईएको छ । जसमा समुह ‘ए’ र ‘बी’ मा ५,५ देशको सहभागिलाई स्थान दिईएको छ भने समुह ‘सी’ र ‘डी’ मा ४,४ देशको सहभागिहरुलाई राखिएको छ ।
यू–१९ का तीन खेलाडी पनि म्यानमार प्रस्थान
सो खेलमा सहभागि जनाउनका लागि यू–१९ का तीन खेलाडी पनि म्यानमार प्रस्थान गरेका छन् । टोलीलाई मजबुद बनाउनका लागि उनीहरु त्यसतर्फ प्रस्थान गरेको बताईएको छ । उनीहरु थाईल्याण्डमा सम्पन्न महिला च्याम्पियनसिपमा सहभागि थिए । ओलम्पिक एशिया छनौट अन्तर्गतमा नेपाल समुह ‘सी’ मा रहेको छ । सो समुहमा नेपालसँगैं म्यानमार, बंगलादेश तथा भारत रहेका छन् ।