अब एएफसीले एन्फालाई वार्षिक २४ करोड अनुदान दिने



१७ कार्तिक २०७५, काठमाडौं

अखिल नेपाल फुटबल संघ (एन्फा) लाई एशियाली फुटबल महासंघ (एएफसी) बाट पाउने अनुदान रकममा बृद्धि भएको छ ।

फुटबल विकासका लागि पाउने रकममा ३३ प्रतिशतले बृद्धि भएको हो । यसअघि एएफसीले एन्फालाई वार्षिक ९ करोड दिदैं आएको थियो । तर यस वर्षबाट भने एन्फाले २४ कारोड पाउने छ ।

एन्फा विदेश विभाग प्रमुख नवीन पाण्डेका अनुसार सो अनुदान रकमले एन्फाले पुर्वाधार निर्माण, प्रशिक्षण शिक्षा तथा सञ्चानल खर्चको रुपमा उपयोग गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्