विकास र जनसम्पर्कमा केन्द्रीत हुँदै डा. राजन भट्टराई



१७ कार्तिक २०७५, काठमाडौं

परराष्ट्र विद् तथा नेकपाका केन्द्रीय सदस्य डा. राजन भट्टराई पछिल्लो समय विकास निर्माण र जनसम्पर्कमा केन्द्रीत भएका छन् ।

नेकपाभित्र वौद्धिक नेताको छवि बनाएका र लामो समय पार्टी विदेश विभागमा रही काम गरेका डा. भट्टराई अहिले कुटनीतिक क्षेत्रको साथै विकास निर्माण र जनसम्पर्कमा केन्द्रीत भएका देखिन्छन ।

दैनिक दर्जनौँ कुटनीतिक तथा राष्ट्रिय कार्यक्रममा सहभागी हुने भट्टराईले आज विहान मात्र काठमाण्डौ –४ अन्तर्गतका ३ कार्यक्रममा सहभागी भए ।

बूढानीलकण्ठका वडा नं.२, १३ तथा का.म.पा. ७ को शुभकामना आदानप्रदान तथा वडा स्मारिका विमोचन कार्यक्रममा सहभागी भएका थिए ।

प्रतिक्रिया दिनुहोस्