दार्जलिङको छायांकन सकेर लब स्टेशन को छायांकन काठमाडौँमा धमाधम हुँदै



१८ कार्तिक २०७५, काठमाडौँ

नायक प्रदिप खड्का नेपालका निकै डिमाण्डेड र सफल अभिनेता हुन् । प्रेमगीत बाट सर्वाधिक चर्चा पाएका यी नायकले आफ्ना हरेक चलचित्रमा नयाँ नायिकाहरुसँग काम गरेका छन् । सबै चलचित्रहरुमा उनको नयाँ नायिकाहरुसँगको जोडि राम्रो मानियो तर तीमध्ये अत्याधिक चर्चा पायो लिलिबिली जोडिले । नायिका जसिता गुरुङसँग लिलिबिली मा प्रदिपको जोडि बाधिएको थियो । नेपालमा कमैमात्र पर्दाका जोडि छन् जसलाई दर्शकहरुले अत्याधिक रुचाईदिएका छन् र बारम्बार पर्दामा हेरिरहन चाहन्छन्  । त्यसमध्येको सर्वाधिक रुचाइएको जोडि हो नायक प्रदिप र नायिका जसिताको ।

लिलिबिली प्रदर्शन लगत्तै लण्डन उडेकी जसिता केहि महिना अगाडि मात्र नेपाल आएकी हुन् । उनी फेरि एकपटक प्रदिप खड्कासँग नै चलचित्रमा जोडिको रुपमा देखिँदै छिन् । येतिबेला नायिका जसिता गुरुङ र नायक प्रदिप खड्का चलचित्र लब स्टेशनको लागि दार्जिलिङ पुगेका छन् । यतिबेला दार्जिलिङका रमणीय ठाउँहरुमा चलचित्र लब स्टेशनको छायांकन भैरहेको छ । चलचित्र लब स्टेशन म्यूजिकल प्रेम कथामा आधारित चलचित्र हो ।

हाल चलचित्र लब स्टेशन टिम दार्जलिङमा छायांकन सकेर काठमाडौँ आइपुगेका छन् । हाल काठमाडौँमा चलचित्रको छायांकन भैरहेको छ ।चलचित्र टिमले चलचित्रको ९५ प्रतिशत छायांकन सक्किसकेको छ । अब मात्र दुईवटा गीतको सुटिङ बाँकि रहेको चलचित्रका निर्देशक बताएका छन् । चलचित्र लब स्टेशन यो बर्षको अन्त्यतिर प्रदर्शनमा आउने चलचित्र निर्माण टिमले बताएको छ ।

 

प्रतिक्रिया दिनुहोस्