१८ कार्तिक २०७५, काठमाडौं
संयुक्त महिला सञ्जाल बूढानीलकण्ठ नगरपालिकाद्वारा आयोजित शुभकामना तथा आँखा दान गर्ने व्यक्तिहरुलाई सम्मान कार्यक्रम बूनपा १० को सभाहलमा सम्पन्न भएको छ ।
कार्यक्रममा प्रदेशसभा सदस्य कुसुम कुमार कार्की प्रमुख अतिथि, विशेष अतिथि बूनपा नगर उपप्रमुख रमा देवी राई अतिथिहरुमा बूनपा १० का वडाध्यक्ष नवराज भट्टराई, नेपाल आँखा दान समाजको महासचिव साधुराम महर्जन, कोषाध्यक्ष सुरेन्द्र शाक्य, विभिन्न समूहका प्रतिनिधी लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।
नेपाल आँखा दान समाजका महासचिव साधुराम महर्जनले २०५१ सालदेखी आँखा दान कार्यक्रम शुभारम्भ भएता पनि आँखा दान गर्ने व्यक्तिहरुलाई पहिलो पटक बूनपा १० मा सम्मान गरिएकोमा खुशी व्यक्त गरे ।
कार्यक्रममा ८३ वर्षीय ईन्द्र कुमारी पाण्डेले आँखा दान महादान भन्दै आफ्नो आँखा दान गरेपछि नगर उपप्रमुख राईले समेत पाण्डेलाई सम्मान गर्दै आफूले पनि आँखा दान गरेकी थिईन् ।
विन्दा गौतमको अध्यक्षता रहेको कार्यक्रमको सञ्चालन संयुक्त महिला सञ्जालकी सचिव पवित्रा पोखरेलले गरेकी थिईन् भने उक्त कार्यक्रममा ७० जनाले आँखा दान गरेका थिए ।