२० कार्तिक २०७५, काठमाडौं
जंगलमा भेडा बथनबीच काली र सेरु । यी दुर्इी भेडा होईनन् ।
तिनलाई हेर्ने गोठाला कुकुर हुन् ।
छायानाथ रारा नगरपालिका ६ की ४१ बर्षीया काली सेजुवालको गाठमा एक सय २० वटा भेडा छन् ।
भेडालाई जंगल चराउन उनी जानु पर्दैन, भेडाको रेखदेख यिनै दुई कुकुरले गर्छन् ।
लिउडी गाउँकै चाउरा सेजुवालका ७० भेडा चरन गर्दा बगी नामको कुकुरले रेखदेख गर्छ ।
कुुकुर पुजाको दिन यिनलाई विशेष पुजा पनि हुन्छ ।
आज्ञाकारी मानिएको जन्तुले मान्छेलाई लगाएको अतुलनीय गुनको भारा तिर्न हिन्दु धर्ममा यमपञ्चकको दोस्रो दिन तिहारमा टीका र सयपत्री फुलको माला लगाई सकेसम्म मीठो खानेकुरा खुवाएर कुकुरको पुजा गरिन्छ ।, आजको कान्तिपुर दैनिकमा यो खबर छ ।