२० कार्तिक २०७५, काठमाडौं
फिफा अध्यक्ष जियानी इन्फान्टिनोले कतार विश्वकपमै ४८ टिमको सहभागिता हुन सक्ने संकेत गरेका छन् । यसले विश्वकप आयोजनामा कतारले अरु देशसँग पनि साझेदारी गर्नुपर्ने हुनसक्छ ।
फिफाले २०२६ को विश्वकपमा ३२ को साटो ४८ टिमको सहभागिता रहने निर्णय गरिसकेको छ । यो विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछ । तर, इन्फान्टिनोले २०२२ को विश्वकपबाट यसलाई लागू गर्न चाहन्छन् । उनले भने, ‘यदि सम्भव छ भने किन नगर्ने ? ‘हामी हेर्छौं, यो सम्वभ छ रु यदि सम्भव छ भने कतारका साथीहरुसँग छलफल गर्छौं र त्यो क्षेत्रका अरु साथीहरुसँग छलफल गरिरहेका छौं’ उनले भने ।
क्वालालम्पुरमा आयोजित एसियाली फुटबल महासंघको कंग्रेसलाई सम्बोधन गर्दै उनले विश्वका हरेक क्लबलाई लक्षित हुने गरी वास्तविक प्रतिस्पर्धा गराउन चाहेको पनि बताए ।