सर्वाधिक राशीसहितको पीपीएलको उपाधी पल्टनलाई, जीतसँगैं २७ लाख आफ्नो पोल्टामा



२० कार्तिक २०७५, काठमाडौं

सर्वाधिक राशीको नमस्ते पोखरा प्रिमियर लिग (पीपीएल) को उपाधी घरेलु टोली पोखरा पल्टनले हात पारेको छ । मंगलबार (आज) चितवन राइनोजसँग भएको फाईनल खेलमा पल्टनले ३ विकेटले पछि पार्दै पीपीएल च्याम्पियन बनेको हो । पोखरा रंगशालामा भएको खेलमा पारस खड्गाको चितवनले दिएको १६१ रनको लक्ष्यलाई शरद भेषवाकरको टोलीले १९ ओभर २ बलमा ७ विकेट गुमाएकर पुरा गर्यो ।

उपाधीसँगैं पल्टनले सर्वाधिक पुरस्कार राशी २७ लाख आफ्नो पोल्टामा तान्न सफल भएको छ । यो ईतिहाँसकै सर्वाधिक पुरस्कार राशी हो । पल्टनका लागि रबी इन्दर सिंहले अर्धशतकीय ईनिङ्स खेले । उनले ५८ बलमा १३ चौका र ३ छक्का प्रहार गरि ९० रन जोडे । त्यस्तै कप्तान शरदले २२ रन जोडे । यस्तै पल्टनकै लागि मोहम्मद नाभिदले २५ रन त्यसैगरि आशिफ सेखले रन जोड्न सके । यसअघि टस हारेर पहिले ब्याटिङ गरेको चितवनले पुरै २० ओभर खेल्दै ५ विकेट गुमाएर १६० रन बनाएको थियो । चितवनका लागि कप्तान पारस खड्काले अर्धशतकीय इनिङस खेले । कप्तान पारसले ३७ बलमा ९ चौकासहित ५१ रन जोडे । रन आउट हुनुअघि पारसले दोस्रो विकेटका लागि अनिल कुमार साहसंग ७६ रनको साझेदारी गरे । अनिल ३७ रनमा आउट भए ।

त्यस्तै सन्नी पटेलले ४३ रन जोड्दा आरिफ शेखले १४ रन बनाए । पोखराका लागि कृष्ण कार्कीले २ विकेट लिदा मोहमद नाभिद र ललित नारायण राजवंशीले १र१ विकेट लिए । क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालिले आयोजना मा सम्पन्न प्रतियोगितामा ६ फ्रेन्चाईज टोलीहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्