२० कार्तिक २०७५, काठमाडौं
कुकुर सेवा स्वर्ण जयन्तीको अवसर पारेर प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले कुकुर स्मारकको अनावरण तथा तालिम केन्द्रका तालिम प्राप्त कुकुरलाई सम्मान गरेका छन् ।
कार्यक्रममा प्रमुख अतिथि महाननिरीक्षक खनालले कुकुर तिहारको अवसरमा कुकुर पूजा गर्नुका साथै तालिम केन्द्रकी प्रमुख डा.देउती गुरुङलाई वरिष्ठ प्रहरी उपरीक्षकको दर्ज्यानी चिन्ह समेत प्रदान गरेका थिए ।
कार्यक्रममा डा देउती गुरुङले नेपाल प्रहरीमा कुकुर सेवाको शुरुवात २०२६ सालबाट भएको बताउँदै स्थापनाकालदेखी हालसम्म कुकुरले विभिन्न समय र स्थानहरुमा अपराध अनुसन्धान, सुरक्षा तथा दैवीक प्रकोप उद्वार लगायतका अन्य कार्यहरुमा उल्लेखनिय भूमिका खेलेको बताईन् ।