प्रियंकाको विवाहमा बलिउडका कसैले पनि पाएनन् निम्तो



२१ कार्तिक २०७५, काठमाडौँ

बलिउड नायिका प्रियंका चोपडा यतिबेला आफ्ना प्रेमी निकसँगको प्रेमका कारण चर्चामा छिन् । उनीहरुले केहिसमय अघि इन्गेजमेन्ट पनि गरेका थिए भने अब केहिदिन भित्रमा विवाह पनि गर्दैछन् । हालैमात्र प्रियंका र निकको विवाहको बारेमा एक कुरा सार्वजनिक भएको छ ।

केहिदिन अगाडिसम्म नायिका प्रियंका चोपडाले आफ्नो विवाहमा विभिन्न बलिउड सुपरस्टारहरुलाई निमन्त्रणा गरेको कुराको खुलासा भएको थियो भने हाल प्रियंकाले आफ्नो विवाहमा कोहिपनि बलिउड सेलेब्रेटिलाई निम्तो नगरेको कुरा सुन्नमा आएको छ । प्रियंकाको विवाह आफ्ना नजिकका साथीभाई र घरपरिवारको बीच गोप्य रुपमा हुने बताइएको छ । यसबर्ष बलिउडमा प्रियंकाले मात्र नभएर दिपिकाले पनि आफ्ना प्रेमी रणवीर सिंहसँग विवाह गर्दैछिन् । संयोगले प्रियंकाको विवाह र दिपिकाको विवाहको रिसेप्सन पार्टी एकैदिन हुने भएको छ ।

 

 

प्रतिक्रिया दिनुहोस्