अपहरण मुद्दामा मुख्य योजनाकारलाई साधारण तारेख



२६ कार्तिक २०७५, काठमाडौं

युवती प्रयोग गरी व्यवसायीहरूलाई अपहरण गरेर पैसा असुल्ने गिरोहका मुख्य योजनाकारका रूपमा प्रहरीले पक्राउ गरेका व्यक्ति साधारण तारेखमा छुटेका छन्। यो समाचार आजको नयाँ पत्रिका दैनिकमा छ । सिन्धुलीका पुष्पराज श्रेष्ठलाई काठमाडौं जिल्ला अदालतले साधारण तारेखमा छाडेको हो ।

सिन्धुलीकै ठेकेदार रमेश कुँवरलाई बन्धक बनाई श्रेष्ठ नेतृत्वको गिरोहले दुई वर्षअघि फिरौती लिएर छाडेको थियो । सो मुद्दामा पाँचजना यसअघि नै पक्राउ परेकोमा श्रेष्ठ भने फरार थिए । महानगरीय अपराध महाशाखाले उनलाई २६ भदौमा गुन्डागर्दीको आरोपमा पक्राउ गरेको थियो । पक्राउ गर्दा उनी अपहरण मुद्दामा फरार अभियुक्त भएको खुल्यो । तर, अनुसन्धान प्रक्रियामै चलखेल गरी उनी छुटेका छन् ।

प्रतिक्रिया दिनुहोस्