अबको तीन वर्षमा सबै नागरिकको घरदैलोमै विद्युत : ऊर्जामन्त्री पुन



२६ कार्तिक २०७५, काठमाडौं

उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री वर्षमान पुनले अबको ३ वर्षभित्र सबै नागरिकको घरमा विद्युत सेवा पुग्ने बताउनुभएको छ ।

रोल्पाको लिबाङमा रिपोर्टर्स क्लब रोल्पाले गरेको साक्षात्कार कार्यक्रममा बोल्दै मन्त्री पुनले शतप्रतिशत नागरिको पहुँचमा विद्युत पुर्‍याउने लक्ष्यका साथ सरकार लागिरहेको बताउनुभएको हो । अहिले ८५ प्रतिशत नागरिकले विद्युत सेवा उपभोग गर्न पाएको भन्दै मन्त्री पुनले ग्रीडबाट सम्भव नभएका ठाउँमा वैकल्पिक प्रणालीबाट भए पनि विद्युत सेवा पुर्‍याउने तयारी भइरहेको बताउनुभयो ।

सरकारले ५ ठूला बहुउद्देश्यीय आयोजना निर्माण गरी विद्युत र सिँचाइ सुविधा पु¥याउने लक्ष्यसहित ती आयोजनाको सम्भाव्यता अध्ययनसमेत गरेको मन्त्री पुनले जानकारी दिनुभयो ।

 

प्रतिक्रिया दिनुहोस्