बर्षमानको आशंका -‘विप्लवलाई प्रयोग गर्ने सम्भावना बढ्यो’



२७ कार्तिक २०७५,  रोल्पा

जलस्रोत तथा सिँचाई मन्त्री बर्षमान पुनले विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलाई देशमा पछिल्लो पटक भएको रुपान्तरण नचाहने शत्तिले प्रयोग गर्न सक्ने आशंका ब्यक्त गरेका छन् ।

मन्त्री पुनले सोमबार सदरमुकाम लिवाङमा आयोजित एक कार्यक्रममा यस्तो बताएका हुन् ।

जनताको त्याग, तपस्या र बलिादानीस्वरुप आएको संघीयता, धर्मनिरुपक्षेता, समावेशीकरण र गणतन्त्र मन नपरेका शक्ति सलबलाउन लागेको बताउँदै तीनै शत्तिले विप्लवजीलाई पनि प्रयोग गर्ने सम्भावना देखिएको छ , मन्त्री पुनले भने ।

संक्रमणकालको केही अंश अझै बाँकी रहेको बताउँदै यस्तो अवस्थाको फाईदा उठाएर परिवर्तन उल्टाउने हर्कत देखिन थालेका छन् ।, आजको नेपाल समाचारपात्रमा यो खबर छ ।

प्रतिक्रिया दिनुहोस्