२७ कार्तिक २०७५, काठमाडौँ
हरिवंश आचार्य नेपालका वरिष्ठ कलाकार हुन् । उनले नेपाली चलचित्र क्षेत्रमा निकै ठूलो योगदान दिएका छन् । उनको नाम सधैँभरि मदनकृष्ण श्रेष्ठसँग जोडिएर आउने गर्छ । पहिलेदेखि नै सँगै सहकार्य गर्दै आएकाले मह जोडिको रुपमा हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ अर्थात् मह जोडिको रुपमा यी दुई कलाकार विश्वभर चर्चित छन् ।
आजै यिनै वरिष्ठ कलाकारको जन्मदिन रहेको छ । नेपाली चलचित्र जगत्मा उनी स्थापित भएको धेरै बर्ष भैसकेको छ । आजबाट उनी आफ्नो जीवनको ६१ औँ बर्षमा लागेका छन् । जीवनको यहाँसम्मको अवधिमा उनले धेरै संघर्ष गरेका छन् र अझैपनि संघर्षरत नै छन् । उनले केहिसमय अघि मदनकृष्ण श्रेष्ठसँग मिलेर शत्रु गते चलचित्र निर्माण गरेका थिए । उक्त चलचित्र बक्सअफिसमा सफल साबित पनि भयो ।
अहिले उनी र मदनकृष्ण श्रेष्ठ र किरण केसीसँग मिलेर दाल, भात, तरकारी नामक चलचित्र बनाउने तयारीमा रहेका छन् । आज उनको जन्मदिनको दिन ज्यातिषले बताएको शुभ साइत अनुसार कमलादीस्थित गणेश मन्दिरमा चलचित्रको शुभ मुर्हत गरिएको छ । उक्त शुभ मुर्हतमा चलचित्रका निर्देशकदेखि चलचित्रका अधिकांश कलाकारको उपस्थित थियो । चलचित्र दाल, भात, तरकारी अब सुटिङ फ्लोरमा जादैँछ ।