सामाजिक विकासमन्त्री सोडारी बर्खास्तमा



२८ कार्तिक २०७५, धनगढी

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री दीर्घ सोडारी बर्खास्तमा पर्नुभएको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मन्त्री सोडारीलाई मंगलबार दिउँसो बर्खास्त गर्नुभएको हो ।

यो समाचार आजको नेपाल समाचारपत्र दैनिकमा छ । मन्त्री सोडारीले पदअनुसारको आचरण नदेखाएको र पार्टीको निर्देशनअनुसार काम नगरेको भन्दै उहाँलाई बर्खास्त गरेको बताइएको छ । उहाँको विगतको विवादास्पद छविका कारण मन्त्री नियुक्त नगर्न तत्कालीन नेकपा एमालेका ७ नम्बर इन्चार्ज भीम रावलाई आग्रह गरिएको भएपनि उहाँले सोडारीलाई मन्त्री बनाउन निर्देशन दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्