२९ कार्तिक २०७५, काठमाडौँ
कट्रिना र दिपिका दुवै बलिउडका चर्चित नायिकाहरु हुन् । पहिले दिपिकाको अफेयर रणवीर कपुरसँग चलेको थियो । तर पछि दिपिकासँग ब्रेकअप भएपछि रणवीरको अफेयर कट्रिनासँग चलेको थियो । रणवीरको अफेयरका कारण यी दुईको सम्बन्ध बिग्रिएको थियो । अहिले नायिका कट्रिना कैफ सिंगल नै छिन् भने दिपिका यहि नोभेम्बर १४, १५ मा विवाह गर्नको लागि रणवीर सिंहसँग इटाली पुगिसकेकी छिन् ।
केहिदिन अगाडि कट्रिना कफि विद करणमा गएकी थिइन् । त्यहाँ करणले कट्रिनालाई दिपिकाको विवाहको बारेमा सोधे । कट्रिनाले आफूले दिपिकाको विवाहको कार्ड पाउने आश गरेको तर दिपिकाले आफ्नो विवाहमा नबोलाएको बताइन् । कट्रिनाले हामी मिल्ने साथ् िहौा तर दिपिकाले मलाई आफ्नो विवाहमा बोलाइनन् भनेर गुनासो पोखेकी छिन् ।