२९ कार्तिक २०७५, काठमाडौँ
चीनले हिल्सा–जमुनाह द्रुतमार्ग निर्माणका लागि सम्भाव्यता अध्ययन थलको छ । यो समाचार आजको कान्तिपुर दैनिकमा छ ।
चिनियाँ सीमा छुने हुम्लाको हिल्सा र भारतीय सीमावर्ती क्षेत्र बाँकेको जमुनाह जोड्ने ५३० किमि सडक बनाउन चाइना रेलवे इरवान इन्जिनियरिङ कम्पनीको प्राविधिक टोलीले मंगलबार हवाई सर्वेक्षण गरेको छ । टोलीमा १३ सदस्य छन् ।
हवाई सेवामा पनि सघाउने
तीन सरकारले द्रुतमार्गका साथै कर्णालीको हवाई क्षेत्रमा पनि सघाउने आश्वासन दिएको छ ।
गत असोजमा चिनियाँ सरकारको स्वामित्वमा रहेको नर्थवेस्ट सिभिल एभिएसनले सम्भाव्यता छलफल गरेर फर्केको थियो ।